कति पुग्याे सुनकाे भाउ ?


 


काठमाडाैं, माघ १७

सुनकाे भाउ ५१  हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।  चाँदी ६ सय ९० रुपैयाँमा किनबेच भइरहेकाे छ। लगातार रुपमा बढ्दो आतंककारी हमला सँगसँगै उद्योग, व्यापारमा छाएको असुरक्षाले गर्दा विश्व शेयर बजार एक्कासी खस्कने क्रम जारी रहँदा सुरक्षित लगानीको लागि सुनचाँदीतिर लगानीकर्ताहरु आकर्षित भएका हुन्।

जसले गर्दा माग बढेसँगै सुनको मूल्यमा वृद्धि आएको संघको ठहर छ। त्यस्तै चीनको आर्थिक वृद्धिमा देखिएको लगातारको कमी र विकसित देशहरमा यो वर्ष आर्थिक मन्दी हुन सक्ने पूर्वानुमानले पनि अझै सुरक्षित लगानीको रुपमा सुनचाँदीमा आकर्षण रहिरहने आँकलन छ।

घट्दो तेलको भाउ र यथास्थितिमा उच्च रहेको अमेरिकी डलरको बाबजुद पनि यो साता सुनचाँदीको भाउमा क्रमिक वृद्धि भइरहेको छ। आगामी साता पनि सामान्य उतारचढाव बाहेक समग्रमा सुनचाँदीको भाउ बढ्ने पक्ष बलियो रहेको संघको ठहर छ।

प्रकाशित मिति: १७ माघ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्