दमकमा जेसिस लायन्स र पत्रकारले मनाए संयुत्त रुपमा होली
दमक, चैत्र ७
दमक जेसिज ,लायन्स क्लव अफ दमक र पत्रकार मञ्च दमकले आज होली पर्वको अवसरमा होली बिशेश कार्यक्रम गरेको छ । दमक जेसिजको हलमा आयोजित उत्त कार्यक्रममा पत्रकार ,लायन्सकर्मी र जेसिस आबद्ध ब्यतित्वहरुको सहभागिता थियो । एक अर्कामा विभिन्न रङ्गहरु दलि होली मनाइएको पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो । यस अघि हिजो फागु पर्बको महत्व अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । दमक जेसिज र पत्रकार मञ्च दमकले आयोजना गरेको कार्यक्रममा होलीमा एकरुपता ल्याउन र बिकृती बिसंगतीलाइ अन्त्य गर्नु पर्नेमा जोड दिईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पर्वको नाममा बिकृत फैल्याउने काम गर्न नहुने बताए । कार्यक्रम संयोजक समेत रहेका रामचन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गरेपछि त्यसलाइ आधार बनाएर इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा, अधिबक्ता राजनबहादुर ढुंगाना, पत्रकार बिमल लामिछाने लगायतले टिपणी राखेका थिए । डा. सुर्यनारायण शाहले होलीको रंग र मदिरा लगायतले समाजमा पर्न सक्ने असरबारे जानकारी दिएका थिए । नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको दमक जेसिजका अध्यक्ष भीमराज चम्लागाइले बताए ।
प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार