होटलको कोठामा क्यामरा जडान, गोप्य भिडियो बेचेर ४ करोड !


 


होटलका कोठामा गोप्य क्यामेरा राखेर भिडियो बनाउने घटना खुलासा भएको छ ।यसरी लुकेर झण्डै १६ सय ग्राहकको गोप्य भिडियो बनाउने र वेवसाइटमार्फत विक्री गर्ने गरेको आरोपमा अहिलेसम्म चार जना पत्राउ परेका छन् ।

उनीहरुले कोठाको टेलिभिजन सेट, हेयर ड्रायरको होल्डर, तथा सकेट, बेड ल्याम्पमा गोप्य क्यामेरा फिट गरी भिडियो बनाउने गरेको बयान दिएका छन् । यो समाचार दक्षिण कोरियाको हो ।

यसरी उनीहरुले चार करोड २६ लाख रुपैयाँ सम्म कमाउने गरेको रहस्य खुलेको छ । यदि उनीहरु यो मुद्दामा दोषी पाइए १० वर्षको जेल सजाय र दुई अर्ब रुपैयाँको जरिवाना हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाली प्रहरीका अनुसार यिनीहरुले गएको वर्ष दक्षिण कोरियाका १० शहरका ३० वटा होटलमा एक एमएम लेन्स क्यामरा जडान गरेका थिए ।

त्यसपछि नोभेम्बरमा एक वेबसाइट बनए जसमा ३० सेकेण्डको भिडियो निःशुल्क देखाउने र बाँकी भिडियो हेर्नका लागि पैसा लिने व्यवस्था गरेका थिए ।

यसरी उनीहरुले वेवसाइटमा ८ सय ३ वटा भिडियो पोष्ट गरेका थिए । पोर्नोग्राफी गर्नु र यसको प्रचार गर्नु दक्षिण कोरियामा गैरकानुनी मानिन्छ ,।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्