अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल माघ १३ गते। बुधबार। इश्वी सन् २०१६ जनवरी २७ तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– तृतीया, ९:२४ बजेउप्रान्त चतुर्थी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

वादविवादबाट टाढै रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। बुद्धिको उपयोगले बिस्तारै फाइदा उठाउन सकिनेछ। विगतमा सम्पादित कामबाट राम्रै लाभ हुनेछ। पठन–पाठनमा त्यत्ति समय दिन नसकिएला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। विभिन्न उपहार पनि प्राप्त हुन सक्छ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने चिताएको काम पनि बन्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। आफ्नो स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। आँटेका काम बन्नुका साथै राम्रै फाइदा हुनेछ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले जटिल कामहरू पनि सजिलै बन्नेछन्। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोला। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। जीवनसाथीसँग केही असमझदारी बढ्न सक्छ। सवारी साधन उपयोग गर्दा पनि सावधानी अपनाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा हुनेछ भने केही खर्च समेत बढ्न सक्छ।

प्रकाशित मिति: १३ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्