पाथिभरा दर्शनगरी फर्कने क्रममा तिर्थयात्रीको मृत्यू


 


ताप्लेजुङ
पाथिभरा दर्शन गरि फर्कने क्रममा बेहोस भएका एक तिर्थयात्रीको उपचारका क्रममा मृत्यू भएको छ । मृत्यू हुनेमा महालक्ष्मी नगरपालिका ७ ललितपुरका ६१ बर्षिय कृष्णहरी थापा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

पाथिभरा मन्दिरमा पुजा गरेर र्फकने क्रममा बेहोस भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको हो । कान्छीथान भन्दा केहि माथी बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईएको थियो ।

थापा ३७ जनाको टोली सहित पाथिभरा दर्शनका लागि आएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्