गोर्खा सैनिकको शव नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध


 


जेनेभा : ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको शव नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका छन्।

मंगलबार संयुक्त राष्ट्र संघ, मानवअधिकार परिषद् जेनेभाको ४० औं शत्रलाई सम्बोधन गर्दै लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको शव नेपाल नपठाएको भन्दै भारतको विरोध गरेका हुन्।

सम्बोधनमा नेपालले सन् १९४७ नोभेम्बर ९ मा गोरखा सेना सम्बन्धमा भएको सन्धि अनुसार सेनालाई भारत र बेलायतमा भागबण्डा गरिएको थियो।

सबै लडाइँमा मारिएका सेनालाई आफ्नो घर परिवारमा बुझाइन्छ तर भारतीय गोरखा सेनामा रहेका नेपाली लडाइँमा मारिदा उनीहरूको शव परिवारलाई हस्तान्तरण गरिँदैन।

यसरी हुने अमानवीय, अन्यायपूर्ण, असमान व्यवहारलाई रोक्न समेत नेपालले सभामा सम्बोधन गरेका छन्।

अघिल्लो सभामा नेपालले सुगौली सन्धिमार्फत् नेपाल गुमाएका ६० हजार वर्ग किमी जमिन भारतले उपनिवेश बनाएको बारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्