मलेसियाद्वारा आउट सोर्सिङ भीषामा रोक


 


काठमाडौं चैत ५
मलेसियाले आउट सोर्सिङबाट कामदार आपूर्ति बन्द गर्ने भएको छ । विदेशी कामदार नियमित गर्ने योजना अघि बढाइरहेको मलेसियाले आगामी अप्रिल महिनाको शुरु देखि नै त्यस्ता कामदार हटाउन निर्देशन दिएको छ ।

मलेसियामा हजारौं विदेशी कामदार आउट सोर्सिङ अर्थात् एउटा कम्पनीको भिषा लिएर अर्कै कम्पनीमा काम गरिरहेका छन् । उनीहरु मार्च महिनाभित्र भिषा लिएको कम्पनीमा फर्किनुपर्ने वा रोजगारी छोडेर आफ्नो मुलुक फर्किनुपर्ने बताइएको छ । मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापनबारे नीति निर्माणमा सघाउनका लागि गत अक्टोबर महिनामा स्वतन्त्र परामर्श समिति गठन गरेको थियो । उक्त समितिले अध्ययनपछि प्रतिवेदन त्यहाँको मानव संशाधन मन्त्रालयलाई बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा आउट सोर्सिङ बन्द गर्न थालिएको बताइएको छ ।

आउट सोर्सिङ भीषामा रहेका कामदारको श्रम शोषण र तस्करी बढेको भन्दै मलेसियाले आउट सोर्सिङ भीषा बन्द गरेको जनाएको छ । मलेसियामा नेपाली समेत गरी करिव ३० हजार विदेशी कामदार आउट सोर्सिङ भीषामा काम गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्