दलितलाई झुल वितरण


 


पथरीशनिश्चरे, चैत ४

मोरङको पथरीशनिश्चरे ३ का १ सय ५० दलित घर परिवारलाई एक/एक थान झुल निःशुल्क वितरण गरिएको छ । वडाको लक्षित वर्गको बजेट अन्तर्गत ६० हजार रुपैयाँ बराबरका १ सय ५० थान झुल वितरण गरिएको हो ।

दलित वर्ग उत्थान समाजको आयोजनामा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले झुल वितरण गर्दै विपन्न दलित वर्गका लागि यसखाले कार्यक्रमले राहत पुगेको बताउनु भयो ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्