पूर्वकै ठूलो वर्जुताललाई पर्यटकीय क्षेत्र वनाउन प्रधानमन्त्रीको चासो


 


सुनसरी । पूर्वकै सवैभन्दा ठूलो सुनसरीको वर्जुगाँउपालिका स्थित वर्जुतालको संरक्षणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयँले चासो देखाउनुभएपछि स्थानीयवासी उत्साहित भएका छन ।

प्रधानमन्त्री ओलीले ताल अवलोकन पछि वर्जुमै भएको आमसभामा जेठ १५ गते वजेट आउनुभन्दा अघिनै त्यो तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्ने वताउनुभएपछि स्थानीय हर्षित भएका हुन । वर्जु ताल संरक्षण समितिका अध्यक्ष वालिङ चौधरीले अव वर्जुताल पर्यटकीय स्थल वन्नेमा विश्वस्त रहेको वताउनुभयो ।

क्रमागत रुपमा होइन चाडैनै तालले नयाँ रुप लिने उहाँको विश्वास छ । प्रधानमन्त्री ओलीले विराटनगर देखि वर्जुसम्मको वाटोको स्तरउन्नती गर्ने समेत वताउनुभएको छ । उहाँले भन्नुभयो “अव यो ठाँउको विकासका लागि सरकार अघि वढयो केहि समयमै भिन्नता देख्नुहुने छ ।” वर्जु तालको उचित संरक्षण हुने सके यो ठाँउ प्रदेश नम्वर १ कै एउटा उत्कृष्ठ गन्तब्य वन्न सक्ने नेकपा नेतृ भगवति चौधरीको वुझाई छ । ओझेलमा परेको तालको संरक्षण भएपछि त्यहाँका जनताको प्रतिब्यक्ति आय तीन गुणा वढने चौधरीको विश्वास छ । त्यहाँ प्रदेश नम्वर १ कै ठूलो सभाहल,विशेष औद्योगिक करिडर र कृषि अनुसन्धान केन्द्र वनाउन नेतृ चौधरीको प्रस्ताव छ । वर्जु ताल त्यो क्षेत्रका जनताको मुटु भएकाले वर्जु तालको संरक्षण र विकास हुन सके सो क्षेत्रका जनताको अनुहारमा मुस्कान आउने स्थानीय सरक्षण समिति अध्यक्ष वालिङ चौधरीले वताउनुभयो ।

१६० विगाहको तालमा ११४ प्रजातीका चरा,१४प्रजातीका शंखेकिरा
विराटनगर देखि १० किलोमिटर पश्चिम र सुनसरी सदरमुकाम इनरुवादेखि १५ किलोमिटरको दुरीमा १सय ६० विगाह क्षेत्रफलमा फैलिएको विशाल ताल नै वर्जु ताल हो । वर्जु तालमा १सय १४ प्रजातीका चराचुरुङगी पाइन्छन । ती मध्ये ४२ प्रतिशत दुर्लभ चराहरु हुन । वर्जुतालमा साइवेरिया लगायतका विभिन्न देशहरुवाट चराहरु आउने गर्छन । सो तालको संरक्षणको प्रयास सुरु हुनु अघि देखिनै अंग्रजहरु त्यहाँ चरा हेर्न आउने गरेका थिए । वर्जु ताल जैविक विविधताका दृश्टिले अत्यन्तै महत्वपूर्ण ठाँउ हो । जहाँ १४ प्रजातीका शँखेकिरा पाइन्छन । विभिन्न प्रजातीका रंगीविरङत्यहाँ घडियाल गोही समेत पाल्न सकिने अध्यनले देखाएको छ । विराटनगर,इटहरी,इनरुवा आइपुग्ने पर्यटक एक पटक वर्जु पुग्नै पर्ने गरि संरक्षण,विकास र प्रचार प्रसार गरिनुपर्नेमा नेकपा नेतृ भगवती चौधरीको जोड छ ।

पौराणिक महत्वको ताल
महाभारतकालमा पाण्डवहरु वनवास भएका वेला विराटराजाको दरवार आएका थिए । त्यो वेला उनीहरु घुम्दै फिर्दै एउटा ठूलो ताल छेउछाउ पुगे । तिर्खाएपछि पानी खान ताल पुग्दा युधिष्ठिरलाई यक्षले आफना प्रश्नको जवाफ दिएपछि मात्र पानी खान पाइने वताएको ठाँउ त्यहि वर्जु ताल रहेको वताइन्छ ।महाभारतकालमा पाण्डवको घुमफिर गर्ने ठाँउका रुपमा चित्रित सो ठाँउ विराटराजाको गाइचरन क्षेत्र हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ओझेल पर्दे गएको सो क्षेत्रको पौराणिक महत्वलाई अव उजागर गरिने वताउनुभएको छ । उहाँले वर्जुताललाई तालकै रुपमा मात्र नभई पर्यटकीय स्थलका रुपमा विकास गरिने विश्वास दिलाउनुभएको छ । थारु वाहुल्य सो क्षेत्रका आसपासका वस्तिहरुमा थारु जातीय साँस्कृतिक ग्रामको विकास गरेर वर्जु आउने पर्यटकहरुलाई त्यहाँ राख्न सकिने सकिन्छ । त्यसो हुन सके आसपासका थारु वस्तिहरु आर्थिक रुपमा स्वावलम्वन वन्न सक्ने नेतृ चौधरीको भनाई छ ।

संरक्षणको प्रयास
जलाशय सुकेर चरन क्षेत्र बनेको ताल केही वर्ष अघि सम्म ओझेलमा थियो । २०७३ सालमा ३ करोड ६३ लाखको लागतमा नेपाली सेनाले सरसफाई र मर्मत गरेपछि तालको चर्चा चल्न थाल्यो ।स्थानीयवासीले ताल व्यवस्थापन समिति वनाए । तालको बीचभागमा मन्दिर निर्माण गरिएको छ । नौका विहारका लागि डुंगा राखिएका छन् । त्यहाँ वनभोज खान आउने पनि वढन थालेका छन । छेउमा चाइल्ड पार्क वन्दै छ ।
लिलाराज भट्टराई

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्