अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल माघ ९ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी २३ तारिख। नेपाल संवत् ११३६ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२७ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

काममा चुनौती देखिए पनि प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्। पुरानो सम्झौताले व्यवहारमा अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अपराह्नदेखि फुर्सदिलो भइनेछ। आफन्तहरू नजिकिनेछन्। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अरूको मुख ताक्नाले काममा पछि परिनेछ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। शुभचिन्तकहरूले समेत आफ्ना कमजोरीमाथि टिप्पणी गर्न सक्छन्। लाभांश अरूको हातमा पर्न सक्छ। सहयोगीहरू टाढिनाले परिस्थिति केही प्रतिकूल बन्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। आफ्नै कमजोरीले विवादमा परिएला। आफ्नो अधिकार अरूले उपयोग गर्न सक्छन्, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

घरखर्चको मात्रा बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा हुने समय छ। वैदेशिक क्षेत्रबाट पनि लाभ उठाउने अवसर मिल्नेछ। समय र नियमलाई बेवास्ता गर्दा अपराह्नदेखि दुःख पाइएला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। उठेको फाइदा गुमाउनुपर्ने स्थिति आउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। अपराह्नपछि केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। टाढाको यात्रा गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। अपराह्नदेखि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तर, समयमा काम पूरा नहुनाले अपराह्नपछि अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। अपराह्नदेखि धेरैले तपाईंको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रारम्भमा अलि बाध्यताका काममा जुट्नुपर्ला। घरायसी विवादले पारिवारिक समस्या निम्त्याउन सक्छ। यात्राको अवसर प्राप्त भए पनि धनमाल हराउने सम्भावना देखिन्छ, सचेत रहनुहोला। अपराह्नदेखि आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तत्काल धेरै लाभ नभए पनि दिगो फाइदा हुने उत्साहजनक संकेत प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यावसायिक काममा फाइदा हुने समय छ। वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्छ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती देखापर्नेछन्। मध्याह्नपछि व्यापारमा मनग्य लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रियजनसँगको भेटघाटले समय मनोरञ्जनपूर्ण हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। अपराह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। अनावश्यक वादविवादमा समय बित्नेछ। योजनाहरू गोप्य राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

प्रकाशित मिति: ९ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्