जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ वेपत्ता
एजेन्सी। जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।
शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए ।
आँधीका कारण हजारौँ मानिस प्रभावित बनेका छन् । आँधी प्रभावित क्षेत्रमा विद्युत काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।
पूर्वी चिनामानिमनि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भन्नुभयो, “अहिलेसम्मको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन् ।”
आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ । कतिपय घरहरू बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ ।
आँधीपूर्व गत हप्ता भएको अत्यधिक बर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित बनेका थिए ।
प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार