हट्छन् त मन्त्री पदबाट मातृकाप्रसाद ?


 


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको स्पष्ट संकेत दिएका हुन्।

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे। मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे।

‘म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्’, उनले भने, ‘मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।’

आफू मन्त्री पदबाट बाहिरिए पनि बाँकीको ४ वर्ष सांसदका रुपमा र आम नागरिकका रुपमा उपभोक्ताको क्षेत्रमा काम गरिरहने प्रतिबद्धता जनाउँदै यादवले थपे, ‘मलाई कति बेला के लाग्छ भने मन्त्री नभएर सांसद नै रहेको भए बढी काम गर्थें होला। मन्त्री भएपछि बोल्न पनि नपाइने। म पहिलेजस्तो मातृका छैन्।’ यो सामाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्