आजदेखि बेरोजगार सूचीकरण गरिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम


 


काठमाडौं प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्न लागेका हुन् ।

बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने र रोजगार दिन नसके बेरोजगार भत्ता दिने सरकारको तयारी छ । सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगारलाई चैत महिनाभित्र स्थायी बसोबास गर्दै आएको स्थानीय तहको बडा कार्यालयमा सूचिकृत हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले आग्रह गरेको छ ।

सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायत सार्वजनिक निर्माणमा लगाउने तयारी छ । बेरोजगारलाई एक आर्थिक बर्षभित्र न्यूनतम् एक सय दिनको रोजगारी दिने गरी सरकारले गत फागून १ गतेवाट ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्