माओवादी सहिद परिवारका सदस्यले प्रचण्डसँग भनेः सहिद घोषणा गर या गद्दार घोषणा गर


 


काठमाडौं फागुन ३०
प्रायः सुनसान देखिने पेरिसडाँडामा आज बेग्लै रौनक थियो । भक्तपुर, ललितपुर र काठमाडौं तीनै जिल्लाका जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा परिवारका सदस्यहरुको उपस्थितिले आज पेरिसडाँडामा बिहानैदेखि चहलपहल बढेको थियो ।

त्यहाँ उपस्थित अधिकाँश सहिद तथा वेपत्ता परिवारको गुनासो थियो कि देशका लागि हामीले यत्रो बलिदानी दियौं तर सरकारले हाम्रो लागि केही गर्न सकेन । सहिद तथा वेपत्ता परिवारका सदस्यलाई अभिनन्दन तथा सम्मान गर्न वाइसीएल नेपालले आयोजना गरेको कार्यक्रममा सरकारले हालसम्म सहिद पनि घोषणा नगरेको भन्दै उनीहरुले चित्त दुखाइरहेका थिए ।

सहिद तथा वेपत्ता परिवारको तर्फबाट बोल्दै भीमबहादुर बस्नेतले भने, ‘जनयुद्धमा लागेर मृत्यु भएका हाम्रा परिवारलाई सहिद घोषणा गर या गद्दार घोषणा गर ।’ सँगै मृत्यु भएका प्रहरीलाई वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद घोषणा गर्दा जनयुद्ध लडेर सहादत दिएका परिवारलाई चित्त दुखेको बताउँदै उनले भने, ‘जनयुद्धका सहिद परिवारका सदस्यहरुले भनिरहेका छन्, प्रहरीलाई सहिद घोषणा गरियो, हामीलाई गद्दार घोषणा गर्ने हो कि ।’

जनयुद्ध लडेकालाई सान्तवना दिने हो भने पहिला आफूहरुको परिवारकाको बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै उनले यो दुई तिहाईको सरकारले जनयुद्धका सहिद परिवारप्रति बेवास्ता गरेको टिप्पणी गरे ।

त्यसको जवाफमा नेकपाका अध्यक्ष प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै जनयुद्धमा मारिएकालाई सहिद घोषणा गर्ने निर्णय गरेको थिएँ तर त्यतिबेला त्यो निर्णय राजपत्रमा प्रकाशित नहुँदा निर्णयले अधिकारिता नपाएको स्पष्ट पारेका थिए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जसरी पनि सहिदरातोपाटी घोषणा गराउने प्रतिबद्धता जनाउँदै यो बेला गर्न सकिएन भने पछि यो काम गराउन धेरै नै कठिन हुने धारणा राखे । रातो पाटीबाट

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्