मोरङमा विप्लबका कार्यकर्ताले राखेको बम सेनाद्धारा निष्क्रय


 


मोरङ, फागुन ३०

मोरङको बेलबारी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले राखेको बम सेनाले निष्क्रिय पारेको छ ।
चिसाङ खोलाको पश्चिमपट्टि जंगलबीचको राजमार्गमा राखेको कुकर बम सेनाले निष्क्रिय पारेको हो ।

प्रहरीका अनुसार दिउँसो करिब साढे १ बजे सडकको बीचमा कुकर बम राखी सवारीसाधन रोकेर विप्लव कार्यकर्ता भागेका थिए । तत्कालै प्रहरी पुगेपनि बम डिस्पोज नहुँदा यातायात अवरुद्ध भएको थियो ।

मोरङ प्रहरीका उपरीक्षक मनोज केसीका अनुसार राजमार्ग उत्तर–दक्षिणबाट केही सवारीसाधन पार गराइएको थियो । इटहरीबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेपछि यातायात सुचारु भएका छन् । राजमार्गमै बम भेटिएपछि त्रास उत्पन्न भएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्