“विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही हुन्छ”


 


काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय भएको गरेको छ।

सरकारीले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल पुर्‍याउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएको मन्त्रिपरिषद्का निर्णय सार्वजनकि गर्न आयोजित पत्रकार सम्मलेनमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए।

अपहरण धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई धम्की दिने गरेको भन्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाएको मन्त्री बाँस्कोटा भनाइ थियो। उनले नेकपाले संचार सेवालाई निशानामा राखेर विस्फोट गर्ने गरेको समेत बताए।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्