देउवाले आफूनिकटका नेताहरुलाई किन बोलाए बुढानिलकण्ठ ?


 


काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा रणनीति बनाउन आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ बोलाएका छन् । देउवाले अनुशासन समिति र निर्वाचन समिति र नेतृत्वविहीन नेविसंघलगायतका बारेमा आफ्नो धारणा तय गर्न बैठक बोलाएका हुन् ।

पार्टी उपसभापति विमलेन्द्रका अनुसार बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । उनले छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो समय नेताहरुको भेला चरिहरेको भन्दै देउवाले बोलाएको बैठक पनि त्यसैको निरन्तरता भएको बताए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्