विप्लवविरुद्ध स्थानीय युवा सडकमा उत्रिए


 


पोखरा ३० फागुन 

पोखरामा युवाहरुले नेत्रविक्रम चन्द विप्लव समूहको बन्दको विरोध गरेका छन् । विवेकशील साझा पाटीमा आवद्ध युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन् ।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए । पार्टीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र सम्वाद मार्फत निकास निकाल्नु पर्ने उनले बताए ।

बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्