“प्रचण्ड–ओली हत्याको योजना बनेकै छैन”


 


काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् ।

नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको खण्डन गरेका हुन् ।

“दमनका लागि सरकारले तयार पारेको हतकण्डा हो,” कार्कीले भने, “कुनै दल विशेष, त्यसको नेतृत्वलाई लक्षित गर्ने कार्यक्रम पार्टीको सोह्रै आना छैन ।” सरकारले प्रतिबन्धको औचित्य पुष्टि गर्न अराजनीतिक, संविधान विरोधी गतिविधि गरिरहेको बताउँदै त्यही गतिविधिलाई औचित्यपूर्ण बनाउन योजना बनाइएको उनको भनाइ थियो ।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए । उनले दलभित्र रहेका भ्रष्ट दलालहरू घुसखोरलाई जनकारवाही गर्ने लक्ष्य भने रहेको बताए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्