विप्लव समुहद्धारा जन्ती बोकेको बसमा आगजनी


 


कैलाली । कैलालीको गौरीगंगा नगरपालिकास्थित जंगलमा जन्ती बोकेको बसमा आगो लगाएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान करिव पौने ४ बजे बसमा आगजनी भएको हो ।

गौरीगंगा नपा ८ हसुलिया चोक र राजीपुर जंगलको बीचमा भजनी नपा १ बजारमा बिहे सकेर महेन्द्रनगरतर्फ फर्कदै गरेको म१ख ४४१ नम्बरको बसमा आगो लगाइएको हो । ८–९ जनाको समूहले सडकमा रुख ढाली बाटो अवरोध गरेर बसमा आगजनी गरेका हुन् ।

‘आज बन्द हो भन्ने थाहा छैन’ भनि जवर्जस्ती बसमा रहेका व्यक्तिहरुलाई झर्न लगाई उनीहरुले बसमा आगो लगाएका प्रत्यक्षदर्शीले बताए । यसैबीच, बसमा आगजनी गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली गोदावरी नपा ४ गोदावरी स्थित पहाडबाट तराईतर्फ जाँदै गरेका सवारी साधनहरू रोकेर जलाई दिन्छौ भन्ने तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला कंचनपुर बेतकोट नपा। २ दैजी बस्ने बर्ष ३३ को कोषराज भट्ट, जिल्ला कंचनपुर भिमदत्त नपा ५ कटान बस्ने बर्ष २२ को शुशिल चन्द र जिल्ला डोटी बिपिनगर ७ बस्ने बर्ष १८ का धनबहादुर बम रहेको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्