बुढेसकालमा किन दाेस्राे बिहे गरे लेखराज भट्टले ?


 


lekharajकाठमाडाैं, माघ २

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले दोस्रो विवाह गरेको खुलासा भएको छ ।एमाओवादीको सुदूरपश्चिमका खम्बा भनेर चिनिने ५७ वर्षीय लेखराजले केही दिनअगाडि गुपचुपमा ताप्लेजुङकी २६ वर्षीया युवती विष्णू आचार्यसँग विहे गरेको खुलासा भएको हा । आचार्य एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारी ताप्लेजुङकी नेतृ हुन् ।

किन गरे दोस्रो विवाह ?

सुदूरपश्चिमका चर्चित नेता तथा पूर्वमन्त्री लेखराजले ५७ वर्षको उमेरमा दोस्रो विहे गर्नुको कारण उनकै श्रीमतीले सन्तान नपाउनु रहेछ । जेठी श्रीमती निर्मलाले सन्तान जन्माउन नसकेपछि उनकै सल्लाहमा लेखराजले दोस्रो विहे गरेका हुन् । स्रोतका अनुसार जनयुद्धदेखि नै साथ दिएकी श्रीमती निर्मलाकै सहमतिमा लेखराजले दोस्रो विवाह गर्न राजी भए ।

विवाहको कुरा पनि निर्मला नै चलाएको खुलेको छ । उनले अखिल क्रान्तिकारी ताप्लेजुङकी नेतृ विष्णु आचार्यसँग छलफल गरेपछि मात्र लेखराज लगन गाँठो कस्न तयार भएका थिए । स्रोतका अनुसार जेठीबाट सन्तान नभएपछि लेखराजले छोरी उमरेकी युवतीलाई कान्छी श्रीमती बनाएर घर भित्र्याएका हुन् ।

सन्तान सुखका लागि भन्दा पनि सम्पत्ति स्याहार्न बच्चा जन्माउने उपायका लागि लेखराज र निर्मलाले खुबै प्रयास गरे । भारतका विभिन्न अस्पतालमा बच्चा नहुनुको कारण पत्ता लगाउन दुवैले स्वास्थ्य परीक्षण गराए । अन्तिममा दिल्लीको एक अस्पतालले सन्तान नहुनुमा निर्मलाको दोष देखायो । त्यसपछि निर्मला नै श्रीमानका लागि कान्छीको खोजीमा लागिन् ।

एक वर्षअघि लेखराज दम्पत्तिले कैलालीतिरकै एक युवतीलाई बच्चा जन्माउने प्रयोजनका लागि राजधानी ल्याएको थियो । लेखराजले ललितपुरको सानेपामा दुई करोड बढीको मूल्यको निवास किनेका छन् । सोही निवासमा युवतीलाई राखिएको थियो । एक दिन माहोल मिलाएर युवतीलाई घरमा पाल्नुको कारणबारे जब निर्मलाले बताइन्, तब युवती फरार भइन् ।

अर्कैको कोखबाट गुपचुप बच्चा जन्माउने र जीवन निर्वाहका लागि केही रकम दिएर बिदा गर्ने योजना विफल भएपछि विवाह नै गरेर कान्छीबाट सन्तान जन्माउने निर्णयमा लेखराज र निर्मला दम्पत्ति पुग्यो ।

दोस्रो विवाह गर्न नपाइने भन्दै जनयुद्ध लडेका लेखराजले आफै दोस्रो विहे गरेपछि सर्वत्र अलोचना भएको छ । उनको मात्र होइन् माआवादी पार्टी तथा कम्युनिष्टहरुकै आलोचना भइरहेको छ । कम्युनिष्ट नेताले एक मात्र त्यो पार्टीको नीतिअुनसार विहे गर्नुपर्ने प्रचलन छ । तर लेखराजले सन्ताका लागि यो प्रचलन तोडेका हुन् ।

कारवाही के हुन्छ ?

यस विषयमा एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले कम्युनिष्टछ नेताले दोस्रो विहे गर्न नपाउने र लेखराजको दोस्रो विवाहबारे कुनै जानकारी नभएको बताए । उनले भने- ‘मलाई यो विषयमा थाहा छैन । कहिले विहे गर्नुभयो ? यो कुरा पहिलो पटक सुन्दै छु । यो विषयमा म अनविज्ञ छु ।

विहे गरेको पुष्टि भए पार्टी छलफल बहस हुन्छ र कारवाही प्रक्रिया अगाडि बढ्छ ।’ श्रीमती समेतको सहमतिमा दोस्रो विहे गरेका कारण भट्टमाथि कुनै उजुरी नपरेको र कारबाही पनि भएको छैन् । पहिलो संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट सांसदमा निर्वाचित भएका लेखराज त्यो बेला मन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति: २ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्