‘गिफ्ट’ दिन्छु भन्दै घर पुर्याएर १३ बर्षीय बालिकालाई रातभर बलात्कार


 


मोरङ, फागुन २९

१३ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङबाट एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मोरङ उर्लाबारी नगरपालिका – ३ का चन्द्रमणि आचार्यले बालिकामाथि बलात्कार गरी भागेको अवस्थामा मिक्लाजुङ गाउँपालिकाबाट पक्राउ गरेको हो ।

‘गिफ्ट’ को प्रलोभन देखाएर मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकामाथि आचार्यले बलात्कार गरेको प्रहरीले बताएको छ । आचार्य जेम्स क्षेत्री, ‘रेगन’ तथा रेवत जस्ता विभिन्न उपनामले चिनिने गर्छन् ।

पिडित बालिका र पीडक बीच रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । पीडक आचार्यले ‘गिफ्ट’ लोभ देखाउँदै किशोरीलाई भेट्न बोलाएका थिए ।

तर गिफ्ट ल्याउन भुलेछु भन्दै किशोरीलाई मोटरसाइकलमा राखी घर पुर्याएर बलात्कार गरेको बताइएको छ । घर पुर्याए पश्चात आचार्यले पानिमा केहि मिसाई बालिकाकै बेहोस बनाएका थिए । बेहोस भएकी किशोरीलाई आचार्यले रातभर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना भएको रात आचार्य परिवारका सदस्य कोही पनि घरमा थिएनन् ।

मानसिक रुपमा विक्षिप्त भएकी बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार भैरहेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्