एकतापछि नेकपालाई कसैले छुन सक्दैन, विप्लव समुहमाथीको प्रतिवन्ध ठिक – झलनाथ खनाल


 


काठमाडौं, फागुन २९

नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकता टुंगिएपछि सशक्त भएर प्रस्तुत हुने बताउनु भएको छ । उहाले तत्काल केन्द्रीय कमिटि भन्दा तल्ला कमिटि नरहेकाले अहिले केही अप्ठेरो देखिएको बताउनु भयो ।

संसद बैठकपछि संचारकर्मीसग कुरा गर्दै उहाले चाडै पार्टी एकता हुने र त्यसपछि नेकपालाई कुसैले छुन नसक्ने बताउनु भयो । ‘तत्काल हामीसग केन्द्रीय कमिटि भन्दा तल संगठन छैन,’उहाले भन्नुभयो,‘केही दिनमै एकता हुन्छ र त्यसपछि नेकपालाई कसैले पनि छुन सक्दैन ।’

उहाले विप्लव समुहलाई प्रतिवन्ध लगाउने निर्णयको पनि समर्थन गर्नुभयो । सरकारले कुनै पनि आतंकी गतिविधि गर्ने समुहलाई सरकारले बन्देज लगाउन सक्ने जिकिर गर्नुभयो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्