राजा आउ देश बचाउ नारा घन्कियो मधेसमा


 


जनकपुर । मधेसमा राजा आउ देश बचाउ भन्ने नारा घन्किन थालेको छ । चोक चोकमा पुर्वराजा ज्ञनेन्द्र शाहाको स्वागतको ब्यानर सजिएको छ ।

काठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा उल्टो परिदृश्य देखिएको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् । बरु पूर्वराजा ज्ञानेन्द्रका समर्थकको दौडधूप मधेसमा सुरु भएको छ ।

सिके राउतसँग सरकारले गरेको सम्झौताको पक्ष–विपक्षका समाचार तथा विचारले काठमाडौंमा प्राथमिकता पाइरहेका बेला जनकपुरका स्थानीय पत्रपत्रिकामा सिके राउतको खासै चर्चा छैन । सिके राउतले आत्मसमर्पण गरे भन्नेबाहेक थप विश्लेषण जरुरी नभएको यहाँका पत्रकार बताउँछन् ।काठमाडौं र अन्यत्रका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच जसरी सिके राउतले फेरि पनि पृथकतावादी अभियान नछाडेको व्यहोरा झल्किने फोटो र भिडियोहरु भाइरल बनिरहेका भए पनि मधेसमा त्यस्ता कुनै गतिविधि नदेखिएको प्रहरीका उच्च अधिकारीको दाबी छ ।

सिके राउतको मूलप्रवाहीकरण कि शक्ति सञ्चयको रणनीति भन्ने बहस काठमाडौंमा चलिरहेका बेला हामी उनको आधार क्षेत्रमा पुग्दा फरक विश्लेषण सुनियो । कम्तिमा पनि अलग मधेसको अभियानबाट राउत बाहिरिएकाले मधेसले राहत महसुस गरेको धेरै बुझाइ पाइयो । हिजो चर्का अलगाववादी कुरा गर्दा केही युवाको साथ पाएका सिके राउतलाई अहिले उनकै समर्थकहरुको चित्त बुझाउन सकस हुन थालेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्