विप्लव समूहले प्रतिकार गर्ने चेतावनी दिएपछि सुरक्षा सतर्कता बढाइयो


 


काठमाडौं, फागुन २९

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले देशभरको सुरक्षा सतर्कता र निगरानी बढाएको छ ।आफूमाथिको प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी चन्द समूहले दिएपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।

गृहमन्त्रालयले चन्द समूहको आपराधिक गतिबिधि नियन्त्रण र जनतामा सुरक्षाको अनुभूत गराउन देशैभर सुरक्षा सर्तकता उच्च पारिएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चन्द नेतृत्वको समूहसँगै अन्य समूहबाट पनि आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै निगरानी बढाइएको बताए ।

प्रवक्ता सुवेदीले विशेष गरी सुरक्षा संवेदनशील मानिएका क्षेत्र र यस्ता समूहका लक्षित स्थानको बिश्लेषण गरी सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्