राजेन्द्र लिङ्देन भन्छन् – हिन्दु राष्ट्रको पक्षमा आवाज नउठाउने क्षेत्री बाहुन नपुंसक हुन ? (भिडियो सहित)


 


पोखरा फागुन २९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्रको पक्षमा आवाज नउठाउने क्षेत्री बाहुन नपुंसक भएको टिप्पणी गरेका छन् ।

राप्रपाद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै नेता लिङ्देनले हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता बनाउने कांग्रेस र कम्युनिष्टलाई भोट दिने क्षेत्री बाहुनले गरेको अनुष्ठान पितृले पनि नपाउने बताउँदै उनले थपे,’अहिलेपनि चेत नखाए खस आर्यका सन्ततीले भोलि आफ्नै बुबाआमालाई दुत्कार्ने छन्, सराप्ने छन्।’

पूर्वको ताप्लेजुङस्थित पाथीभाराबाट शुरु भएको स्वाभिमान यात्रा मंगलबार पोखरा आइपुगेको हो। यो यात्रा चैत १ गते पशुपतिनाथ मन्दिरमा पुगेर समापन हुने राप्रपाले जनाएको छ।

हेर्नुहोस पोखरामा राजेन्द्र लिङ्देनले सम्बोधन गरेको भिडियो

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्