‘जनप्रतिनिधिका डोजरमा आगो लगाउनुहोस्’ – दिपशिखा’


 


काठमाडौं, फागुन २९
पूर्वमाओवादी केन्द्रको भातृ संगठन वाइसीयलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दिपशिखा’ ले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । आफ्नो कर्तब्य छोडि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे उनीहरुका डोजरमा आगो लगाउन वाइसीयल कार्यक्रतालाई अध्यक्ष दिपशिखाले यस्तो निर्देशन दिएका हुन् ।

बाँकेको खजुरमा आयोजित शहीद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै उनले जनता भन्दा कोही प्रतिनिधि बाहिर जान्छ भने उसलाई जनतामाझ फर्काउन जस्तोसुकै कदम चाल्न युवाहरुपछि नपर्ने बताए ।

अध्यक्ष दिपशिखाले जनताका समास्या सामाधान नगरेर जनप्रतिनिधिले डोजर लिएर ठेक्का पट्टामा लागेको भए वाइसीयलले सिधै आगो लगाउने चेतावनीसमेत दिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका उनले मुलुक परिर्वतनका लागि सहीद तथा बेपत्ता यौद्धाहरूको बलिदानल उलेख्य रहेको भन्दै आफुहरुले सँधै शहीदहरुको बाटो अनुसरण गरिरहने बताए ।

आज खजुरामा भएको कार्यक्रममा १२ जना सहीद परिवारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । यस्तै, सोही अवसरमा दर्जनौं युवाहरुले रक्तदानसमेत गरेका थिए । ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्