लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग (विज्ञापनसहित)


 


काठमाडौं, फागुन २९
लोकसेवा आयोगले देशैभरबाट ठूलो संख्यामा खरिदार माग गरेको छ। निजामति सेवक सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरूमा आप्र खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले आयोगले खरिदार माग गरेको हो । परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ।

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष पूरा नभएका महिलाले यही चैत्र २६ गतेसम्ममा दर्खास्त दिइसक्नु पर्ने छ। प्रवेशिका परीक्षा उत्तीर्ण वा एसइईमा जिपिए २ भन्दामाथिको ग्रेड प्वाइन्ट ल्याएकाले दरखास्त दिन सक्नेछन्। विस्तृत जानकारीका लागि हेर्नुस् सूचना

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्