फागुन ३० गते पूर्व श्री ५ को नागरिक अभिनन्दन गरिँदै


 


काठमाडौ फागुन २८
तराईका चार जिल्ला भ्रमणमा रहनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनको सिलसिलामा आगामी विहिबार (फागुन ३० गते) सर्लाहीको सदरमुकाम मलंगवा पुग्दै हुनुहुन्छ ।

नागरिकका तर्फबाट पूर्व श्री ५ को अभिनन्दन गर्नका निम्ति पूर्वगृह राज्यमन्त्री सोनेलाल राय यादवको संयोजकत्वमा ५५१ सदस्यीय समिति बनाइएको छ । उहाँ विहिबार सडक मार्गबाट नवलपुर हुँदै दिउँसो १ बजे सदरमुकाम मलंगवा पुग्ने कार्यक्रम रहेको संयोजक रायले जनाकारी दिए ।

मलंगवा–४ स्थित शिवसागर चोकमा नागरिक अभिनन्दन ग्रहण गर्दै मलंगवाको मुटुमा अवस्थित भगवती मन्दिरमा दर्शन र पुजापाठ गरी आमजनतासँग भेटघाट तथा भलाकुसारी गर्न मुल समारोह समितिले सहिद चोकस्थित जानकी फ्यामिली पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा पूर्व श्री ५ सरिक हुनुहुने कार्यक्रम छ ।

मलंगवामा आयोजित कार्यक्रमपश्चात् उहाँ प्रदेश नं. २ को राजधानी जनकपुरधाम र त्यसपछि उदयपुर जिल्लामा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुहुने बताइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्