‘लिम्बुवान स्प्रिङ आन्दोलन’ को घोषणा


 


धरान  सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाहरूको जमातले लिम्बुवान स्प्रिङ आन्दोलनको घोषणा गरेको छ ।

विभिन्न सङ्घ–सङ्गठनहरूमा आबद्ध र स्वतन्त्र गरी चार दर्जन अभियन्ताहरूको नामावलीसहित विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरिएको हो । लिम्बुवान विरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय लिम्बुवानविरोधी चलखेल बढेकाले मुद्दा जोगाउन लिम्बुवानवादीहरू एकैठाउँमा आउनुपरेको उनीहरूले बताएका छन् ।

विज्ञप्तिमा ‘लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामहरूलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियान थालिएको’ बताइएको छ ।

लिम्बुवानविरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने व्यक्तिहरूलाई सशक्त बहिष्कारको अभियान पनि शुरु गर्ने अभियन्ता टङ्क सेलिङले बताए ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्