श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित श्रीमती वेपत्ता


 


अर्घाखाँची  जिल्लामा श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित २२ वर्षीया श्रीमती अम्बिका बेलबासे वेपत्ता भएकी छिन् । कपिलवस्तु जिल्लाको पाणिनी गाउँपालिका,मैदान-अमजा लहरे धारा घर भएकी माइत बस्दै अाएकी बेलबासे छोरासहित वेपत्ता भएकी हुन् ।

उनका श्रीमान वैदेशिक रोजगारीका लागि दुबई पुगेको ४५ दिनमा (फागुन २२ गते) उनी वेपत्ता भएकी हुन् । यही फागुन २१ गते राति सुतेकी अम्बिकालाई दाेस्राे दिन विहान सासुले विँउझाउन जाँदा कोठामा २१ महिने छोरा आर्यन बेलबासेसहित भेट्टाइनन् ।

उनी हराएको जानकारि गराउँदै कसैले देखेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । छोरासहित हराएकी अम्बिकालाई कसैले देखे र भेटेमा ९८४००४१३६३, ९८११४५३५५०मा सम्पर्क गरिदिन सम्पर्क व्यक्ति नारायण घिमिरेले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्