अन्तत भारतीय सांसदले हटाइन नेपालबारे लेखेको अपमानजनक ट्वीट, मागिन् माफि


 


काठमाडौं २८ फागुन
भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणी आफ्नो ट्वीटरबाट हटाएकी छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।

उनको त्सस्तो ट्वीटले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको बेला उनले ट्वीटरबाटै नेपाल र नेपालीमाझ माफी मागेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले थाहा पाए की मेरो एक ट्वीटले नेपालीको मन दुखेको छ, म यसको लागि नेपाल र नेपाली जनतासामू माफि चाहान्छु । मेरो ट्वीटरको मतलव कसैको मन दुखाउनु थिएन, मैले तपाईहरुको भावनाको कदर गर्दै उक्त ट्वीट ट्वीटरबाट हटाएकी छु ।

पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वा्िचत भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्