११ सिडिअाे फेरिए, काे कहाँ पुगे ?


 


काठमाडौं, पुस ३०

गृह मन्त्रालयले ११ जना सिडिओको सरुवा गरेको छ। गृहको नेतृत्व फेरिएसँगै भएको सरुवामा महत्वपूर्ण शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी यादव कोइरालाले पाएका छन्।

माओवादीबाट शक्तिबहादुर बस्नेत गृहमन्त्री भएपछि उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेका थिए। बुधबार भक्तपुरको प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी तोयम राय मोरङ पुगेका छन्।

झापाका तेजप्रसाद पौडेल भक्तपुर आएका छन् भने काभ्रेका मदन भुजेल झापाको प्रमुख जिल्ला अधिकारी भएका छन्। बाराका बालकृष्ण पन्थी काभ्रे, सुर्खेतका बलदेव गौतम गोरखा, तनहुँका महादेव पन्थ नवलपरासी र गृह मन्त्रालयका पुरुषोत्तम कुँवर तनहुँको प्रमुख जिल्ला अधिकारी भएका छन्।

सहसचिव कृष्णप्रसाद ढुंगाना र राजकुमार श्रेष्ठ बारा र सुर्खेतमा सरुवा भएका छन्। गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिल्सिना त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा सरुवा भएका छन् भने अध्यागमनका विष्णुबहादुर थापा बर्दिया पुगेका छन्।

प्रकाशित मिति: ३० पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्