चुनावी बाचा पुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवाली, खरको छाना विस्थापित गर्न रकम विनियोजन


 


काठमाडौं, फागुन २७

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चुनावीबाचा पुरा गर्ने क्रम जारी राख्नु भएको छ । गतवर्ष भएको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट विजयी हुनु भएका प्रतिनिधिसभा सदस्य ज्ञवालीको पहलमा खरको छाना विस्थापित गर्ने अभियानका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उहाले निर्वाचनका बेला खरका छाना विस्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । निर्वाचन क्षेत्र अन्तर्गतका एउटा नगरपालिका र ६ वटा गाउँपालिकालाई २० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

सात स्थानीय तहका २८० घरपरविारलाई जनही ५० हजार रुपैयाका दरले शहरी विकास मन्त्रालयमार्फत १ करोड ४० लाख रुपैयाँ विनियोजन भएको मन्त्री ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिनुभयो ।

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत रुरु, छत्रकोट, दरबार, कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिका पर्छन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्