‘सीके राउतको विखन्डनवादी जालमा प्रधानमन्त्री फसे’


 


बाग्लुङ, फागुन २७

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सीके राउतबीचको सहमति देशका लागि घातक भएको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन बाग्लुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले राउतको विखन्डनवादी जालमा प्रधानमन्त्री फसेको आरोप लगाए ।

प्रवक्ता शर्माले दुईतिहाइ बहुमतको सरकारलाई काम गरेर देखाउने अवसर भएपनि एक वर्षमा कुनै संकेत नदेखिएको टिप्पणी गरे ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्