दुर्घटनामा मोटरसाइकल चालक घाईते


 


सर्खेत, फागुन २७

सुर्खेतको विरेन्द्रनगर नगरपालिका एयरपोर्ट चोकस्थित रत्न राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका छन् ।
पूर्वबाट आएको ना ६ ख ९६७० नं. को बसले बिपरित दिशाबाट आउँदै गरेको भे ९ प ४३३३ नं. को मोटरसाईकललाई ठक्कर दिँदा चालक लेकबेसी नगरपालिका ८ लामीडाँडा घर भएका ३७ वर्षिय राजेन्द्रबहादुर विरकठ्ठा घाईते भएका हुन् ।

उनको देउती नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्