सिके राउतलाई युवा संघको चेतावनी : सरकारको इमानदार प्रत्यत्नलाई कमजोरी नठान्नु


 


काठमाडौं, फागुन २७

युवा संघ नेपालले सिके राउत समुहलाई सरकारसग भएको सहमति अक्षरस पालना गर्न चेतावनी दिएको छ । उसले सरकारको इमानदार प्रयत्नलाई कमजोरी नठान्न समेत भनेको छ ।

युवा संघका अध्यक्ष रमेश पौडेलले जनकपुरमा हिजो राउत समुहले गरेको गतिविधिले सहमति उल्लधंन गरेको बताउदै यस्ता गतिविधि जारी रहे अवस्था भयावह हुने बताउनु भयो । उहाले भन्नुभयो,‘ यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नु पर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशकोकुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस ।’

उहाले समाजिक सञ्जालमा राखेको भनाई यस्तो छ-

‘सिके राउतका कार्यकर्ताले जनकपुरमा जे गरे त्यो कुराले सरकारसँगको सहमति उलङ्घन भएको छ । यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नु पर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशकोकुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस । फेरि पनि सरकारको ईमानदार प्रयत्नलाई कसैले कमजोरी नठाने हुन्छ । देशको सर्वोपरि हित नै हामी सबैको अभिष्ट हुनु पर्दछ । अझै हेर्दै जाउ । आतिनु पर्ने केही छैन । देशलाई बलियो र समृद्ध बनाउनु नै हामी सबको कर्म र धर्म हो । पपुलर हुन के भन्ने र गर्ने भन्दा पनि देशको हित के गर्दा हुन्छ त्यो सोचौ । विकाउ कुरा हैन टिकाउ कुरा गरौ ।’

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्