स्वतन्त्र मधेशको बाटो खुल्यो भन्दै सिके राउतका कार्यकर्ताद्वारा दिपावली


 


सिरहा नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाइएको छ । अलग्गै मधेश देश बनाउने नारा लिएर प्रस्तुत भएका स्वतन्त्र मधेश गठबन्धनले मूलधारको राजनीति सहमति गरेपछि उनका समर्थकहरुले खुसीयाली मनाउँदै सिरहाको मिर्चैयामा दिपावली मनाएका छन् ।

विगत १० वर्षदेखि तराई मधेशमा जनमत सग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनसँग नेपालको तर्फबाट गृहमन्त्रीले जनअभिमतको लागि तयार भएपछि आफूहरुको माग सम्बोधन भएको भन्दै गठबन्धनका कार्यकर्ता तथा डा. सिके राउतका समर्थकहरु तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाएका हुन् ।

स्वतन्त्र मधेशको बाटो खुल्यो

सिरहाका गठबन्धनका सक्रिय कार्यकर्ता एवम् अगुवा निर्मल मण्डलले भने ‘यो जीत सम्पूर्ण मधेशी जनताको हो । हामी मुद्दाबाट अहिले पनि विछोड हटेका छैनौ ।’ उनी अगाडी भन्छन् ‘११ बुंदे सहमति नबुझनेले नबुझुन तर हामीलाई अब स्वतन्त्र मधेशको मागलाई पूरा गर्न बाटो खुल्ला भएको छ ।’

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्