२० विद्यालयको लापरबाहीः कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित


 


काठमाडौँ फागुन २७ ‘
परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले यही फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपकमाथि कारबाही हुने उनले संकेत गरे ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्