इथियोपियामा १४९ यात्रु बोकेको विमान दुर्घटना


 


एजेन्सी, फागुन २६

इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।

उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।  दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्