देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द


 


काठमाडौं आज देशभरका म्यानमावर कम्पनी बन्द भएको छ। वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फाेटकाे विराेधमा कम्पनी बन्द भएका हुन । शुक्रबार घरमै पार्क गरी राखिएकाे कारमा बम विस्फाेट गराइएकाे घटनाकाे भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएकाे हाे।

अध्यक्ष गुरुङकाे घरमा भएकाे विस्फाेटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी भएर क्षति भएको भएको थियो। आगलागी काठमाडाैं महानगरकाे दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए। घटनाकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले घटनाकाे जिम्मेवारी लिएकाे छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्