डा. राउत र प्रधानमन्त्री ओलीको पहलकदमी तारिफयोग्य : प्रा.डा. एसडी मुनि


 


काठमाडौं, २६ फागुन
गत शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका तर्फबाट चन्द्र कान्त (सिके) राउतले हस्ताक्षर गरेका थिए ।

सरकार र गठबन्धनबीचको सहमतिसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै सकारात्मक र नकारात्मक खालका मिश्रित प्रतिक्रियाको टिकाटिप्पणी सार्वजनिक भइरहेको छ ।

विशेषगरी नेपालमा भइरहेका गतिविधिमाथि नेपाल र भारतका कुटनीतिक व्यक्तिहरुले दिने टिका, टिप्पणीलाई नेपाली राजनीतिमा अझ महत्वका साथ हेरिन्छ । उनीहरुले गर्ने टिका, टिप्पणीले विशेष महत्व पनि पाउने गरेको छ ।

यसै क्रममा नेपाल भारत सम्बन्धका विशेषज्ञ मानिने कुटनीतिज्ञ प्रा.डा. एसडी मुनिले नेपाल सरकार र गठबन्धनबीचको सहमतिलाई लिएर टिका, टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा आफ्नो धारणा व्यक्त गर्दै उनले भनेका छन्, ”सिके राउत र नेपाल सरकारबीच भएको सहमतिले स्वतन्त्र मधेश अभियानलाई मूलधारमा ल्याउन सफल भएका डा. राउत र नेपाल सरकार प्रमुख केपी ओली धन्यावादका पात्र हुन् ।”

यो सँगै उनले मधेश हितका लागि लड्न नेपालमा प्रशस्त लोकातान्त्रिक स्थान छ, भनेका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्