सिके राउतसँगको सहमतिविरुद्ध बोल्नेलाई मुख्यमन्त्री पोखरेलको जवाफ – रोइलो नगरौं


 


काठमाडौं, फागुन २६

प्रदेश–५ का मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले सरकार र सिके राउतविच भएको सहमतिको विरोध गर्नेलाई जवाफ दिनु भएको छ ।

सो सहमति राष्ट्रविरोधी भनेर पार्टीभित्रै पनि केही नेताले चर्को विरोध गरिरहेका बेला मुख्यमन्त्री पोखरेलले जवाफ दिदै धेरै रोइलो नगर्न आग्रह गर्नुभएको छ । उहाले सामाजिक संञ्जालबाट अखण्डताका विषयमा विमती राख्न नपाउने गरी भएको सम्झौतामा रोइलो नगर्न आग्रह गर्नुभयो ।

उहाले लेख्नु भएको छ, ‘नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता र अखण्डताका विषयमा विमती राख्न नपाउनेगरी सिकेसंग संझौता भएको हो । रोइलो नगरौ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्