सिके राउतलाई राजनीतिमा ल्याउने सरकारको प्रयास सकरात्मक – देउवा


 


म्याग्दी, फागुन २६

नेपाली कांग्रेसले सिके राउतलाई राजनीतिमा ल्याउने सरकारको प्रयास सकरात्मक भएको बताएको छ । कांग्रेसका प्रवक्ताले स्वागत गरेको केही दिनपछि सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास सकरात्मक रहेको बताउनु भएको हो ।

म्याग्दीको बेनीमा आज विहान पत्रकारसँग कुरा गर्दै उहाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिनु भयो । ‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, देउवाले भन्नुभयो, ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ ।’

देश टुक्राउने विषय भने कांग्रेसलाई मान्य नहुने भन्दै सभापति देउबाले राउत र सरकारबीच भएको सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने बताउनु भयो ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्