अनौठो विवाहको परम्परा जहाँ मृत युवतीसँग गरिन्छ विवाह


 


विवाहको सन्दर्भमा विश्वमा फरक फरक चलन र परम्परा छ । त्यसमध्येको सबैभन्दा अनौठो विवाहको परम्परा चीनमा छ । चीनको एउटा गाउँमा युवाहरुले मृत युवतीसँग विवाह गर्ने गर्दछन् ।

चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ । जहाँ अविवाहित र मृत युवकको विवाह मृत महिलासँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् । यहाँ केही मानिसहरु महिलाको लाश चोरेर केटाको परिवारलाई बेचेर पैसा पनि कमाउने गर्छन् ।

अर्को जन्ममा कुमार मर्नु नपर्ने विश्वसका साथ यहाँ मृतक युवतीसँग विवाह गराउने चलन छ । त्यसका साथै मृत महिलाको विवाह मृत व्यक्तिसँग गरेको खण्डमा मृत महिलाको आत्मा नभड्किने विश्वास गरिन्छ ।

केही मानिस भने यदि कुनै कुमार केटा मृत्यु भएमा कुनै मृत महिलासँग उसको विवाह गर्दा उसलाई जिउँदो हुँदा नमिलेको सुख प्राप्त हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्