अस्पतालमा शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीको राजीनामा !


 


काठमाडौं । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् ।

चेरिफको राजीनामा उनको नियुक्तिको ठीक चार महिनापछि आएको हो ।

मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो । ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।

प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तरी अमेरिकामै उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ ।

तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभावलगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्