विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु


 


एजेन्सी, फागुन २६

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्