अयोग्य भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्द मुद्दा


 


लाहोर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ ।

उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ । पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ । उच्च अदालतले सोमवार यो विषयमा निर्णय सुनाउने भएको छ । अदालतले शनिवार उक्त मुद्दामा सुनुवाइ गर्न स्वीकार गरेको थियो ।

उजुरीमा पाकिस्तानी संविधानको धारा ६२ र ६३ को उल्लंघन भएको र यसैकारण उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएको घोषणा गर्न माग गरिएको छ । पाकिस्तानी संविधानअनुसार संसद् सदस्य बन्नका लागि इमानदार र असल हुन आवश्यक छ । आफूलाई त्यसो सिद्ध गर्न नसके पदमुक्त हुने कानूनी व्यवस्था छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानले सन् २०१८ को आमनिर्वाचनका बेला नामांकन पत्रमा आफ्नी छोरी टायरियन जेड खान ह्वाइटका बारेमा जानकारी दिएका थिएनन् । टायरियन इमरानकी पूर्वपत्नी ऐना लुसिया ह्वाइटतर्फकी छोरी हुन् । टायरियन इमरान खानकी छोरी भएको बताइन्छ । डनको समाचारअनुसार उजुरीमा भनिएको छ, ‘इमरान खानले आफ्नो मनोनयन दर्ता गराउँदा आफू आ िश्रत परिवारजनमा ह्वाइटको उल्लेख गरेका थिएनन् ।

यसरी संविधानको धारा ६२ र ६३ अनुसार उनी योग्य र इमानदार व्यक्ति होइनन् । यसैले इमरानलाई अयोग्य घोषित गरियोस् ।’ यसअघि जनवरीमा इस्लामाबाद उच्च अदालतमा परेको यस्तै मुद्दा अदालतले खारेज गरेको थियो । त्यतिखेर अदालतले यो व्यक्तिगत मामिला भएको भन्दै यसमा सुनुवाइ गर्न नमिल्ने बताएको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्