पूर्वी मोरङका दुई पत्रकार तेजन र फिपराज पुरस्कृत


 


उर्लाबारी फागुन २५

मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत पत्रकार खड्का र बेघालाई कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी जनही नगद १० हजार १ रुपैंया छ । पत्रकार खड्का रातोकलम डटकमका प्रधान सम्पादक र बेघा साइनोखबर डटकमका सम्पादक हुनुहुन्छ ।

सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज हस्तान्तरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गर्नुभएको हो ।

पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गर्नुभएको पुरस्कारका संरक्षक गोपाल काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्