पारिवारिक घुमघाम, किनमेल र धरायसी सामग्री ओसार–पसारमा सरकारी गाडीको चरम दुरुपयोग ( भिडियो सहित )


 


काठमाडौ: सरकारी गाडीको दुरुपयोग रोक्न थुप्रै पटके अभियान सञ्चालन गरियो तर समस्या यथावत छ । अझ सार्वजनिक विदाको दिन उच्च सरकारी अधिकारीले पारिवारिक घुमघाम, किनमेल र धरायसी सामग्री ओसार–पसारमा सुविधाको गाडी प्रयोग गरी सरकारी गाडीको चरम दुरुपयोग गरेका छन ।

काठमाडौको माइतीघर मण्डलाको, जहाँट्राफिक प्रहरीले शनिबार एक्कासीछड्के जाँच गरी तीनवटा चार पाङ्ग्रे र एक दर्जन सरकारी मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

सरकारले सार्वजानिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । सञ्चालन गर्न अत्यावस्यक भएको खण्डमा त्यसका लागि अनुमतिको व्यवस्था गरेको छ । तर विदाको दिनपनि अनुमति नलिइ सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेपछि प्रहरी छड्के जाँच गरेको छ ।

जाँचका क्रममा अनुमति लिएका सवारी साधन पनि पनि सरकारी काममा भन्दा व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाइएको छ प्रहरी बताउछन ।

सार्वजानिक विदाको दिनमा अनुमती नलिई सरकारी सवारी साधन उपयोग गर्नेहरु मध्ये कतिले कार्यालयको काम हिडेको, पास छुटेको देखि पास लिनुपर्छ भन्ने जानकारी नभएको तर्क गरेको देखियो ।

ट्राफिक प्रहरीले माइतीघर मण्डलामा छड्के जाँच गर्न थालेपछि सर्वसाधरणले समेत सरकारी सवारी साधन रोक्न प्रहरीलाई सहयोग गरेका थिए । प्रहरीलाई सहयोग गर्न सडकमा आएका सर्वसाधरणले सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै कडा कारवाही गर्न माग गरेका थिए ।

शनिबार ट्राफिक प्रहरीले माइतीघर मण्डलमा गरेको जाँचलाई सर्वसाधारणले प्रशंसा गरेका छन । तर, एक दिन मात्र जाँच गरेर औपचारिकता पुरा गर्नु भन्दा अनुगमनलाई निरन्तरता दिनु पर्ने आवस्यक्ता रहेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्